News Portal

  • भक्तपुर चेम्बर अफ कमर्सको आयोजनामा ,भक्तपुर सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव २०८१ आजबाट सुरु

    दोलागिरि संवाददाता२०८१ आश्विन ९
    १८३ पटक

    असाज ९ भक्तपुर । नेपालीहरुको महान पर्व शुभ विजय दशमीको अवसरमा भक्तपुर चेम्बर अफ कमर्सको आयोजना र सगुन इभेन्ट मेनेजमेण्ट प्रा.लि.को व्यवस्थापनमा सल्लाघारीस्थित खुल्ला मैदानमा बुधबारदेखि भक्तपुर सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव २०८१ आजबाट सुरु भएको छ ।

    महोत्सवको कार्यबाहक प्रधानमन्त्री एवं उपप्रधानमन्त्री प्रकाशमान सिंहले एक समारोहवीच उदघाटन गरेका छन् । भक्तपुर जिल्लामा रहेका धार्मिक, ऐतिहाँसिक तथा पर्यटकिय महत्वका स्थानहरुको राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाउने उद्यश्य सहित स्थानीय उत्पादनहरु राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका उत्पादनहरुको बजारीकरणमा विशेष टेवा पु¥याउने उद्देश्यले महोत्सवको आयोजना गरिएको आयोजकले जानदिकारी दिउको छ। उक्त महोत्सवमा विविध उत्पादन तथा सेवाहरुको अलगअलग परिसर बनाई प्रवद्र्धन गरिएको छ ।

    दशैको मुखमा आयोजना गरिएको महोत्सवमा दैनिक उपभोग्य सामानहरु सस्तो सुलभ रुपमा उपलब्ध हुनुका साथै नयाँ स्किमका उत्पादनहरुमा छुटको समेत व्यवस्था हुने जानकारी दिएको छ । महोत्सवमा मौलिक उत्पादन तथा हस्तकला, कृषि उत्पादनहरु, बिउबिजन तथा मलखाद, कृषि औजार, प्रविधि तथा यन्त्र, जडिबुटी तथा औषधी, छालाका सामानहरु, गारमेन्ट तथा जुत्ताचप्पल, गलैचा तथा पश्मिना, सूचना प्रविधि, इलेक्ट्रिकल्स् तथा इलेक्ट्रोनिक्स्, फर्निचर तथा फर्निसिंग, पर्यटन तथा शैक्षिक संस्था, घरजग्गा तथा निर्माण सामाग्री, बैंक तथा वित्तिय संंस्था, अटोमोवाइल्स् लगायत रोजगार दाता निकायका गरी एक सय ६० स्टलहरु रहेका छन्।

    महोत्सवमा बालबालिकाहरुका लागि बाल उद्यान लगायत विविध मनोरञ्जनात्मक खेलकूद गतिविधि रोटीपिंग, ड्रागन रेल, नाउ, बोटिङ, वाटर वल्व, मिकि माउस, ट्रेम्पोलिंग, स्कोरपियो आदिका साथमा प्रत्येक दिन स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले बताएको छ । महोत्सव अवधिभर करिब दुई लाख पचास हजार दर्शकहरुले अवलोकन गर्ने र उक्त अवधिमा करिब १० कारोड रुपैया बराबरको कारोवार हुने अनुमान रहेको छ । महोत्सव प्रवेशका लागि सर्वसाधारणलाई रु। ७० र विद्यार्थीहरुलाई रु। ५० को टिकट लाग्ने जनाइएको छ । वृद्धवृद्धा तथा शारिरीक असक्षम व्यक्तिहरुलाई प्रवेश निःशुल्क गरिने छ । महोत्सवबाट राजधानी उपत्यकाका साथसाथै काभ्रे, धुलिखेल, सिन्धुली, सिन्धुपाल्चोक, दोलखा आदि जिल्लाका बासिन्दाहरुले समेत लाभ लिन विश्वास आयोजकको रहेको छ ।

    प्रतिकृया दिनुहोस्