News Portal

  • गरिमा क्यापिटलको दशैँ–तिहार लक्षित योजना, ३ जना ग्राहकले स्मार्ट वाच जित्न सकिने

    दोलागिरि संवाददाता२०८१ आश्विन २
    ३२९ पटक

    नेपालीहरुको महान चाड बडा दशैँ, शुभ दिपावली तथा छठ पर्व २०८१ को उपलक्ष्यमा गरिमा क्यापिटल लिमिटेडले “हरेक नेपाली शेयरधनी” भन्ने नारालाई आत्मसात गर्दै “बम्पर दशैँ तिहार अफर” संचालनमा ल्याएको क्यापटिलले सार्वजनिक गरेको छ ।

    उक्त योजना असोज १ गते देखि साल कात्तिक ३० गतेसम्मका लागी लागु हुने गरि सार्वजनिक गरेको हो । यो योजना अन्तर्गत गरिमा क्यापिटल लिमिटेडमा डिम्याट र मेरोशेयर खाता खोल्दा, लक्की ड्र मार्फत भाग्यशाली ३ जना ग्राहकवर्गहरुले स्मार्ट वाच जित्न सकिने जनाएको छ ।

    ग्राहकवर्गहरुले यो अफर अन्र्तगत खाता खोल्न कमलपोखरी, काठमाडौँ स्थित गरिमा क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय, गरिमा विकास बैंक लिमिटडका देशैभरका सम्पूर्ण शाखा कार्यालयहरु र गरिमा क्यापिटल लिमिटेडको वेवसाईट मार्फत बिना झन्झट घरमै बसी खाता खोल्न सकिने क्यापिटलले जनाएको हो ।

    प्रतिकृया दिनुहोस्