News Portal

  • सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले पिछडिएका वर्गका विद्यार्थी पढाउन ५ लाख सहयोग गर्ने

    दोलागिरि संवाददाता२०८१ भाद्र २४
    ३०३ पटक

    भाद्र २४ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत अन्तरष्ट्रिय सहयोग संस्था रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ को सहकार्यमा देशका विभिन्न भागमा संचालन हुने ‘आधारभूत शिक्षा तथा साक्षरता’ कार्यक्रम मार्फत् पिछडिएका वर्गको साक्षरता अभिवृद्धि गर्ने कार्यक्रमको सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ ।

    सहमति अनुसार सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले सो संस्थालाई रु. ५ लाख रकम प्रदान गर्नेछ । उक्त रकममध्ये रु. २.५ लाख शौचालय निर्माणको लागि र बाँकि रकम संस्थाको विभिन्न रोटरी क्लबहरुमार्फत् देशका सामुदायिक तथा सावैजनिक विद्यालयहरुमा संचालन हुने  TEACh कार्यक्रम अन्तर्गत युवा साक्षरता प्रयोजनका लागि उपयोग गरिनेछ ।

    प्रतिकृया दिनुहोस्