काठमाडौं । नाडा अटो शो २०२४ लक्षित गर्दै नबिल बैंक लिमिटेडले अटो लोन फाइनान्सिङका लागि विशेष योजना सार्वजनिक गरेको छ । आजभदौ ११ गते देखि भदौ १७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भइरहेको अटो मोबाइलको भृहित् पर्दशनिका रूपमा लिइने नाडा अटो शोलाई केन्द्रित गरेर अटो लोन फाइनान्सिङ योजना ल्याइएको हो ।
अटो लोन फाइनान्सिङ योजनाअन्तर्गत, नबिल बैंकले ५ वर्षका लागि ८।२५ प्रतिशत र ७ वर्षका लागि ८।४९ प्रतिशत स्थिर ब्याजदरको आकर्षक प्रस्ताव ल्याएको छ । यसले अटो मोबाइल खरिद गर्न चाहने ग्राहकहरूलाई दीर्घकालसम्म सुलभ र स्थिर वित्तीय सहायता उपलब्ध गराउन मद्दत पु¥याउने विश्वास बैंकले लिएको छ।
ग्राहकहरूको सुविधाका लागि नबिल बैंकले नाडा शोका क्रममा स्टल नम्बर इ १९ मा छुट्टै सेवा केन्द्र राखेको छ । शोमा सहभागी हुने ग्राहकहरूले गाडी छनोट गरी कर्जाको लागि अफर लेटर तुरुन्तै उपलब्ध गराइने व्यवस्था समेत राखेको छ।
।