काठमाडौँ । हरेक वर्ष दसैंअघि आयोजना हुँदै आएको अटो शो यस वर्ष मंगलबारदेखि राजधानीमा वृहत् नाडा अटो शो, २०२४ सुरु भएको छ । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले भदौ ११ गतेदेखि १६ गतेसम्म संञ्चालन हुने जानकारी दिएको छ ।
अटो शो मेलामा दुई पाङ्ग्रे, चार पाङ्ग्रेदेखि कमर्सियल भेहिकल लगाएतका प्रदर्शनीमा राखिएको छ । यस पटकको अटो शोमा ईभी अर्थात् विद्युतीय सवारीको प्रदर्शनलाइ विषेश जोडदिएको देखिएको छ । सवारी आयातकर्ता व्यवसायीहरूले भारत र चीनमा निर्मित न्यून रेन्जदेखि प्रिमियम क्लासका महँगा विद्युतीय सवारी अटो शोमा पर्दशन गरेका छन् ।
टाटा पन्च, लिप मोटर्सको सी–१०, जिकर एक्स, क्यूट–०४, एक्सपेङ जी–६, जीएसी एवोन–भी, एमजी जेडएस ईभी, एमजी साइबरस्टर, स्मार्ट ह्याज थ्री, नामी ई–वान, बीवाईडी अट्टो–३ ब्ल्याक, सुजुकी स्वीफ्ट, दिपल एस–०७, एचईभी–३००, महिन्द्रा एक्सयूभी थ्रीएक्सओ जस्ता नयाँ मोडल तथा ब्राण्डहरु अटो शोमा उतारिएको छ ।
चीनमा उत्पादित अधिकांश गाडीहरुको मूल्य न्यूनतम २२ लाख रुपैयाँदेखि अधिकतम १ करोड ७० लाख रुपैयाँसम्म रहेको छ भने केही भारतमा उत्पादित गाडी पनि रहेका छन् । तर, कम्पनीहरूले नाडा अटो शो विशेष अफर र दसैंतिहार तथा छठको चाडवाड विशेष अफरमा छुट तथा सुविधाको घोषणा गरेका छन् । मोडल र उत्पादन अनुसार ग्राहकहरुले गाडी खरिद तथा बुकिङमा विशेष सुविधा पाउनेछन् ।सँगै बैंक तथा वित्तीय संस्थाहरुले अटो शोमा गाडी किन्ने ग्राहकलाई सहजता दिनका लागि विभिन्न योजना ल्याएका छन् ।