News Portal

  • भूमि प्रशासन सेवा सञ्चालनको तयारीमा मध्यपुर थिमी, कागेश्वरी मनोहराको अध्ययन भ्रमण सम्पन्न

    दोलागिरि संवाददाता२०८३ साउन २
    ३६ पटक

    १ साउन २०८३ । भक्तपुर, भूमि प्रशासन सेवालाई स्थानीय सरकारमार्फत प्रभावकारी रूपमा सञ्चालन गर्ने उद्देश्यले मध्यपुर थिमी नगरपालिकाको टोलीले कागेश्वरी मनोहरा नगरपालिकाको अध्ययन भ्रमण सम्पन्न गरेको छ।
    नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा अमिन सहभागी टोलीले स्थानीय तहबाट पहिलो पटक भूमि प्रशासन सेवा सञ्चालनमा ल्याएको कागेश्वरी मनोहरा नगरपालिकाको स्थलगत अध्ययन गरेको हो।
    भ्रमणका क्रममा कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्की तथा सम्बन्धित कर्मचारीहरूसँग सेवा सञ्चालनको प्रक्रिया, कानुनी व्यवस्था, प्रशासनिक तयारी, कार्यान्वयनका अनुभव तथा सेवा प्रवाहका विषयमा विस्तृत छलफल एवं अनुभव आदानप्रदान गरिएको थियो।
    मध्यपुर थिमी नगरपालिकाको टोलीले कागेश्वरी मनोहरा नगरपालिकाबाट प्राप्त आत्मीय स्वागत, सहयोग तथा अनुभव आदानप्रदानप्रति आभार व्यक्त गरेको छ।
    यसैबीच, मध्यपुर थिमी नगरपालिकाले पनि स्थानीय तहबाट भूमि प्रशासन सेवा सञ्चालनका लागि आवश्यक तयारी तथा प्रक्रियाहरू अगाडि बढाइसकेको जनाएको छ। सेवा सञ्चालनमा आएपछि नगरवासीले जग्गासम्बन्धी सेवा आफ्नै स्थानीय तहबाट सहज, छिटो र प्रभावकारी रूपमा प्राप्त गर्ने अपेक्षा गरिएको छ।

    प्रतिकृया दिनुहोस्