News Portal

  • भक्तपुरमा कांग्रेसको १०० दिनेअभियान सम्पन्न

    वडाअध्यक्षको फोन नउठ्ने जनताको ठुलो गुनासो रहेको ठहर

    दोलागिरि संवाददाता२०८१ पौष १६
    १० पटक

     

    भक्तपुर । नेपाली कांग्रेस भक्तपुरको सुरु गरेको १०० दिने विशेष अभियान आज समापन गरेको छ । ४९ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर मंगलबार एक कार्यक्रमको आयोजना गरी अभियानको समापन गरेको हो ।

    कार्यक्रमलाई सम्बोधनगर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य मदन कृष्ण श्रेष्ठले कांग्रेसले राणाकालमा प्रजातान्त्रका लागि धेरै लडाइँ लडेको बताए । पहिलो आम निर्वाचनमा दुई तीहाई बहुमत ल्याएको कांग्रेस सरकारलाई राजा महेन्द्रले अपध्वस्त गरि एक दलीय पञ्चायती व्यवस्था लादेपछि भारतमा निर्वासित कांग्रेस नेताले विदेशमा गरेको आन्दोलनले सफलता नपाउँने महसुस गरेर मेलमिलापको नीति अघि सारिएको श्रेष्ठको भनाइ थियो ।

    नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति एवं संघीय सांसद दुर्लभ कुमार थापाले पार्टीभित्रको मेलमिलाप होइन, मुलुकको राष्ट्रिय हितका लागि यो अभियान शुरू भएको दावी गरे । सबैलाई समेटेर बलियो कांग्रेस बनाउन आफू लागि पर्ने र पार्टीभित्र लोकतान्त्रिक अभ्यास गरेपनि बाहिर सबै एक हुनुपर्ने बताए। केन्द्रीय सदस्य, पुर्व पार्टी सभापतिकै क्रीयाशिल सदस्या नविकरण नभएको अवस्थामा अधिवेशनमा नेतृत्व लिन तंछाड मछाड नगर्न थापाले आग्रह गरे । वडाअध्यक्षको फोन नउठ्ने ठुलो गुनासो आएको भन्दै थापाले जनताको काममा ध्यान दिन आग्रह गरे । पार्टीको सय दिने अभियानका क्रममा सहभागी नहुने नेतालाइ निर्वाचनमा भोट नदिनसमेत सभापति थापाले कार्यकर्तालाई आग्रह गरे ।

    कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरकि उपसभापति उर्मिला वन र तरूण दलका पुर्व केन्द्रिय अध्यक्ष बिनोद कायस्थले पनि मन्तव्य व्यक्त गरेका थिए । आफ्नै निर्मानाधिन भवनमा आयोजित कार्यक्रममा नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्