News Portal

  • दोलागिरि संवाददाता२०८२ भाद्र २८
    ३८ पटक

    काठमाडौँ, २०७२ साउन २५
    देशको कठिन, विषम र भयपूर्ण अवस्थाबाट मुलुक शान्तिपूर्ण निकासतर्फ अघि बढिरहेको सन्देश राष्ट्रपति कार्यालयले दिएको छ।

    राष्ट्रपति रामचन्द्र पौडेलले आज जारी गरेको अपीलमार्फत संविधान, संसदीय प्रणाली र संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुरक्षित राख्न सबैलाई आह्वान गरेका छन्। उहाँले प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरी अझ सुदृढ लोकतन्त्रको बाटोमा अघि बढ्न जनतालाई अवसर प्राप्त भएको उल्लेख गर्नुभयो।

    राष्ट्रपति पौडेलले भदौ २१ गते हुने चुनावलाई सफल बनाउन राज्यका निकाय, राजनीतिक दल, जनप्रतिनिधि र सम्पूर्ण नागरिकलाई आफ्नो जिम्मेवारी पुरा गर्न आग्रह गर्नुभयो। “यो अवसरलाई सदुपयोग गर्दै जनताले आफूमा रहेको जिम्मेवारी वहन गरी लोकतन्त्रलाई थप सबल बनाउन सहयोग पुर्याउनुपर्ने छ,” अपीलमा उल्लेख गरिएको छ।

    यसअघि पनि राष्ट्रपति पौडेलले पटक–पटक निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सफल बनाउन सबै पक्षलाई एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिँदै आउनुभएको छ ।

    प्रतिकृया दिनुहोस्