News Portal

  • आज भक्तपुर थिमी नगदेशमा पुलिकिसी नाच प्रस्तुत

    दोलागिरि संवाददाता२०८१ माघ २७
    ४३ पटक

    भक्तपुर, माघ २७ गते । भक्तपुरको , मध्यपुर थिमि नगरपालिका-७ नगदेशमा आइतबार पुलिकिसी नाच प्रस्तुत गरिएको छ । माघ शुक्ल द्वादशीका दिन निकाल्ने पुलिकिसी नाच विभिन्न कारणले गर्दा बाह्र वर्षपछि प्रदर्शनमा ल्याइएकाे जनाएकाे छ । नाच नगदेशकाे लाछिटाेलस्थित सिद्बीगणेश मन्दिर प्राङ्गणबाट सुरू भई वाननी, छ्वास,ध्वाकसि, त्वागा, न्यागाचालगायतका टाेलमा परिक्रमा गरिएको छ ।

    स्वस्थानी ब्रत कथामा आधारित पुलु किसी जात्रा हरेक वर्ष नगदेशमा हुँदै आएको भए पनि बिगत १२ वर्ष देखि खर्चव्यवस्थापनका कारण बन्द रहेको थियो नगदेश लाय्कु दरवार समितिका सदस्य भाइजन बाडेले यस वर्ष धुमधामले पुलु किसी जात्रा मनाएको जनाकारी दिएका छन् । काठमाण्डौ र भक्तपुर नगरमा पुलुकिसी जात्रा इन्द्रजात्राको सन्दर्भमा गरिन्थ्यो भने नगदेशमा स्वस्थानी ब्रत कथाको आधारमा गरिदै आएको छ ।

     

    माघ महिनाभर वाचन हुने स्वस्थानी ब्रत कथा अनुसार हात्तिले राजकुमारको रुपमा वाहुन पुत्र नवराजलाई छान्ने पद्कथालाई यस पुलु किसी जात्राले जीवन्ता दिदै आएको छ । राजकुमार छनोट भएको खुसियालीमा भोजभटेर गर्दै नगदेशबासीहरुले यो जात्रा मनाउने गरेको उहाँले बताए । विशेष गरी नगदेशका किसान, महर्जन समुदायले यो पर्व मनाउँदै आएको छ । यो पर्व मनाउदै सुयोग्य बर, बधुको मनोकाक्षा राख्दै युवापिदीहरुले पनि ब्रत बस्ने परम्परा रहेको उहाँले बताए ।

    हरेक वर्ष भिमाद्वादर्शीको दिन यो जात्रा देखाउने परम्परा रहेको छ । मध्यपुर थिमीका पूरानो बस्ती नगदेश, बोडे, चपाचो, दिव्यश्वरी, बालकुमारी सहितका बासिन्दाहरुले मात्रै विगतमा हेर्दै आएको यो जात्रा धेरै भन्दा धेरैले हेरियोस भन्दै नगदेश लाय्कु दरवार समितिले यस जात्रा बारे प्रचार प्रसार पनि गर्न थालेको छ । यस वर्ष समितिले स्थानीय एलिस बाडेलाई राजकुमार भएर जात्रा चलाउने छ । विगतमा राजकुमार बन्नेले नै सबैलाई भोज खुवाउनुपर्ने परम्परा रहेकाले जात्रा गर्न नसकेको समस्यालाई मध्यनजर गर्दै सामुहिक निर्णयमा यस वर्ष एलिस बाडेलाई राजकुमारको रुपमा प्रस्तुत गर्दै आज साँझ ४ बजे देखि नगदेशको लाय्कुस्थित सिद्धि गणेश मन्दिर परिसरबाट पुलुकिसी जात्रा सुरु गरेर मनाएको  आयोजक समितिले जनाएको  छ ।

    प्रतिकृया दिनुहोस्