News Portal

  • प्रगतिशील लेखक संघको केन्द्रीय सल्लाहकार समितिको बैठक सम्पन्न

    दोलागिरि संवाददाता२०८२ जेठ ३०
    २२३ पटक

    काठमाडौं, २९जेठ । प्रगतिशील लेखक संङ्घ १३ औं केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकले मोननित गरेका सल्लाहकार समितिको प्रथम वैठक सम्पन्न भएको छ । उक्त वैठक संघका अध्यक्ष डा. देवि दुलालको अध्यक्षतामा सम्पन्न भएको हो भने बैठकमा पदाधिकारीहरुको सक्रिय सहभागिता रहेको थियो।

    उक्त बैठकमा संगठन सुदृढीकरण, समसामयिक साहित्यिक र राजनीतिक , भवन निर्माणका विषयमाथि छलफल गर्नुका साथै आगामी केन्द्रीय समितिलाई अघाडी वढ्न कार्यदिशा तय गर्ने विषयमा महत्वपूर्ण मानिएको छ । बैठकले संघलाई विचार, सिर्जना र संगठनका माध्यमबाट अझ क्रियाशील बनाउन आवश्यक रणनीति निर्माण सल्लाहकार समितिकाे रहेन समेत निर्णय लिएको छ ।

    नवगठित सल्लाहकार समितिमा विभिन्न क्षेत्रका अनुभवी, योगदानशिल र मार्गदर्शक भूमिका निर्वाह गर्न सक्ने व्यक्तित्वहरूलाई मनोनयन गरिएको छ। संघले यस्ता सल्लाहकारहरूको सुझाव र सल्लाहबाट संगठनात्मक र सिर्जनात्मक अभ्यासलाई अझ सशक्त बनाउन सकिने विश्वास लिएको छ।

    वैठकमा पुर्व अध्यक्षहरु  अमर गिरि , जितेन्द्र देव गिरी , मधुसूदन गिरी , मात्रिका पोख्रेल , लगायतका विसिष्ठ ब्यक्तिहरुको उपस्थित रहेको थियो भने वैठकको संचान महासचिव पारश ढकालले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्