News Portal

  • मध्यपुर थिमिमा २८०० विद्यार्थीलाई दिवा खाजा वितरण कार्यक्रम सुरु

    दोलागिरि संवाददाता२०८३ बैशाख ३१
    २१ पटक

    ३१ वैशाख २०८२ भक्तपुर । World Food Programme र FOOD FOR LIFE को सहकार्यमा मध्यपुर थिमि नगरपालिका ले सामुदायिक विद्यालयका ईसीडी देखि ५ सम्म अध्ययनरत करिब २८०० विद्यार्थीहरूलाई लक्षित गर्दै दिवा खाजा वितरण कार्यक्रमको पहिलो एक हप्ते परीक्षणकाल शुभारम्भ गरेको छ।


    नगरपालिकाको सेन्टर किचेनमार्फत सञ्चालन गरिएको कार्यक्रममा विद्यार्थीहरूलाई दैनिक फरक–फरक पोषणयुक्त खाजा वितरण गरिनेछ। खाजाको गुणस्तर तथा खाद्य सुरक्षालाई ध्यानमा राख्दै खाद्य निरीक्षकको निगरानीमा वितरण कार्य गरिने जनाइएको छ।
    बालबालिकाको पोषण, स्वास्थ्य तथा विद्यालय उपस्थितिमा सकारात्मक प्रभाव पार्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ। यसले विद्यार्थीहरूको सिकाइ क्षमता अभिवृद्धि गर्न समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
    कार्यक्रमको उद्घाटनका क्रममा नगर प्रमुख सुरेन्द्र श्रेष्ठ र उपप्रमुख विजय कृष्ण श्रेष्ठ ले विद्यार्थीहरूसँगै बसेर दिवा खाजा ग्रहण गर्दै कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो। कार्यक्रममा जनप्रतिनिधि, विद्यालयका शिक्षक तथा अभिभावकहरूको समेत सहभागिता रहेको थियो।
    नगरपालिकाले परीक्षणकाल सफल भएपछि कार्यक्रमलाई थप व्यवस्थित र दीर्घकालीन रूपमा सञ्चालन गर्ने तयारी गरेको जनाएको छ।

    प्रतिकृया दिनुहोस्