News Portal

  • नयाँ विचार, सिद्धान्त र युवा नेतृत्वसहितको कम्युनिष्ट केन्द्र निर्माणअहिलेको आवश्यक हो : विप्लव

    दोलागिरि संवाददाता२०८२ कार्तिक २२
    १७७ पटक

     २०८२ कार्तिक २०, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले नयाँ विचार, सिद्धान्त र युवा नेतृत्वसहितको कम्युनिष्ट केन्द्र निर्माण अहिलेको आवश्यकता रहेको बतायका छन ।काठमाडौंको भृकुटीमण्डपमा आयोजित सभालाई सम्बोधन गर्दै उक्त धाराणा राख्नु भएको हो । पार्टी  छोडेर अन्य दलसँग गएकाहरूमाथि कडा प्रहार गर्दै ती ‘अवसरवादीहरू हाहा हुहु गर्दै हिँडिरहेका छन्, हामीलाई कुनै सरोकार छैन’ भन्ने टिप्पणी गर्नुभएको छ।

    काठमाडौंमा आयोजित विशाल जनसभामा सम्बोधन गर्दै उहाँले हाल देशभर “एकताको सिजन” चलेको भए पनि त्यसको उद्देश्य र दिशाबारे गहिरो सोचविचार नगरे खतरनाक परिणाम आउन सक्ने चेतावनी दिनुभयो। विप्लवले भने, “एकताले कहिले आगो लिएर आउँछ, कहिले प्रकाश। विचार बिना गरिएको एकताले धिपधिपे दियो निभाउने खतरा हुन्छ।”

    उहाँले पुष्पलालले बनाएको जस्तै स्पष्ट विचार र सिद्धान्तसहितको एउटै कम्युनिष्ट केन्द्र निर्माण गर्नुपर्ने बताउनुभयो। साथै, समाजवादी मोर्चा निष्क्रिय बनेको उल्लेख गर्दै “दलाली, भ्रष्टाचार र राष्ट्रघातविरुद्ध लड्नुपर्नेमा मोर्चा गाँजा खाएर सुतेको बिरामीजस्तो भयो,” भन्नुभयो।

    महासचिव विप्लवले पुराना नेताहरूले अब राजनीतिक “भारी” नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने आवश्यकता औंल्याउँदै भने, “मागेर खाने लाछी जात होइन कम्युनिष्ट, विदेश गएर रोएर बस्ने जात होइन।”

    उहाँले नयाँ विचार, सिद्धान्त र युवा नेतृत्वसहितको कम्युनिष्ट केन्द्र निर्माण गर्न आफ्नो पार्टी सधैं तयार रहेको स्पष्ट पार्नुभयो।

    प्रतिकृया दिनुहोस्