काठमाडौं महानगरपालिकाले तिहार तथा छठ पर्वलाई मध्यनजर गरी यस वर्ष पनि महानगरले स्थानीय फूलमाला बिक्रीस्थान तोक्दै
प्लास्टिकका फूलमाला एवं सजावटका सामान बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ ।
महानगर क्षेत्रभित्र कुनै किसिमका प्लास्टिकका फूलमाला, सजावटका सामान बिक्री गरेको पाएमा आर्थिक ऐन ०८१ र काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन ०७७ बमोजिम जरिवाना गर्ने जनाएको छ ।
महानगरले बजेटमै प्लास्टिकजन्य फूलमाला तथा सजावटका सामान उत्पादन र बिक्री–वितरणमा प्रतिबन्ध लगाएको छ । बजेटलाइ कार्यान्वयनस्वरूप चाडपर्वमा कडाइ गर्न लागेका हो । अन्य समयमा भन्दा तिहारमा प्लास्टिकजन्य फूलमाला धेरै बिक्री हुने भएकाले यतिवेला थप कडाइ गर्न लागेका महानगरले जनाएको छ । महानगरपालिकाअन्तर्गत वातावरण विभागकी निमित्त विभागीय प्रमुख सरिता राई यस्तो बताउछिन । सार्वजनिक सूचना पनि जारी गर्छौं । उक्त सूचना उल्लंघन गरेमा जरिवाना गर्छौं ।’ महानगरभित्र प्लास्टिकजन्य फूलमाला बिक्री भए–नभएको अनुगमनसमेत हुनेछ । अनुगमनका क्रममा बिक्री भए सामान जफतसमेत हुुने उनले जनाएकी छन ।
महानगरले आर्थिक वर्ष ०८१÷०८२ को बजेटमै एकल प्रयोगको प्लास्टिक, प्लास्टिकको फूलगुच्छा उत्पादन, बिक्री वितरण र आयात एवं ४० माइक्रोनभन्दा कमका प्लास्टिकजन्य उत्पादन तथा प्रयोगलाई पूर्ण निषेध गरिने उल्लेख गरेको छ । गतवर्ष पनि महानगरले तिहार तथा छठ पर्वमा घर, पसलहरू सजाउनका निम्ति प्रयोग हुने प्लास्टिकका फूल, माला तथा सजावटका सामान किनबेच नगर्न भनेको थियो । प्लास्टिकजन्य फूलमाला तथा सजावटका सामान लुकिछिपी बिक्री गर्नेको गरेको ठाउँबाट जफतसमेत गरेको थियो ।
महानगरपालिकाले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न स्थानीय फूलमाला बिक्री गर्ने स्थान तोक्ने भएको छ । यसका लागि महानगरले उपयुक्त स्थान खोजिरहेको छ । उपभोक्ता र उत्पादक दुवैलाई पायक पर्ने स्थान खोज्ने काम भइरहेको महानगरले जनाएको छ ।