१३ असोज, काठमाडौं । कुनैबेला टिस्यू पेपर भन्ने वित्तिकै बिदेसबाट आउने र पाँचतारे होटेलमा मात्र प्रयोग गरिन्छ भनेर चिनिन्थ्यिो । पछिल्लो समय नेपालमै मैनाली इन्डष्ट्रीज प्रालि।ले उत्पादन गर्दै आएका टिस्यू पेपर ब्राण्ड ‘प्यासन’ले नेपाली बजारमा उल्लेख्य उपस्थिति जनाउन थालेको छ । फेस टिस्यू, बाथरुम टिस्यू, न्यापकिन पेपर लगायतका ‘टिस्यू पेपर रेन्ज’का सबै उत्पादन गर्दै आएको मैनाली इन्डष्ट्रीले यस्ता उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउने लक्ष्य राखेको उद्योगका अध्यक्ष प्रेमहरि मैनालीले बताएका छन् । कम्पनीले यसपटक हाउस अफ राजकर्णिकारले काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरेको प्रदर्शनीमा पनि सहभागीता जनाएको थियो । नेपाली उत्पादनले क्रमशः बजार पाइरहेका बेला उक्त मेलामा पनि सहभागीता जनाइएको मैनालीले जानकारी दिएका छन् ।
मैनालीकाअनुसार नेपाली उत्पादनलाई नेपाली बजारमा अझै धेरै चिनाउन मेलामा सहभागि भएका छौँ । मेलामा आउने अवलोकनकर्ताले भृकुटीमण्डपको स्टल देखेपछि धेरै नै खुशी भए । किनकी उनिहरुले बाहिर प्रयोग गरिराखेको पेपरको साइज, क्वान्टीटि, र विभिन्न प्रकारका पेपर देखिसकेपछि अवलोकनकर्ताहरु खुशी भएका छन् । पहिला–पहिला टिस्यू पेपरहरु सबै बाहिरबाटै तयारी भएर आउँथ्यो । अहिले करिव ९० प्रतिशत नेपालमै उत्पादन हुन् थालेको छ । हामीले बनाएको प्यासनको टिस्यू पेपरमा फ्रेस टिस्यू, बाथरुम टिस्यू, किचेन टावल, न्याप्किन, डिनर न्याप्किन आदि रहेका छन् । बजारमा आवश्यक पर्ने पेपरको सबै रेन्ज प्यासनले उत्पादन गरिराखेको छ ।
मैनाली भन्छन् – “नेपालमा अहिले निरासा भएर यूवाहरु बिदेस पलायन भइरहेको बखत हामीले पेपरमा आत्मनिर्भर बनाउन लागिरहेका छौँ । सरकारले पेपरलाई लग्जरी आइटम भनिराखेको छ । तर यो अहिले कार्यालय, घर, होटेल, रेष्टुरेन्ट, गाडी सबैमा नभई नहुने अत्यावश्यक वस्तु भइसकेको छ । बिदेसबाट बनेर आएको पेपरभन्दा यहाँ उत्पादित पेपर आधाभन्दा धेरै शस्तो पर्छ । त्यसैले स्वदेशी उत्पादनलाई प्रयोग गरौं भन्ने नाराका साथ अघि बढेका छौँ । क्वालिटी प्रोडक्ट बनाएर बिदेसी कम्पनीहरुको कागज प्रयोग गर्न नपर्ने बनाएका छौँ ।”
टिस्यू पेपर लगायतका वस्तुमा नेपाल आत्मनिर्भर उन्मुख रहेको बताउँदै उनले देशब्यापी रुपमा स्वदेशी उत्पादनको उपयोग बढाउने खालको नीति आवश्यक रहेको बताएका छन् । देशमा केही सम्भावना नै छैन भन्ने भाष्य गलत रहेको बताउँदै मैनालीले सम्भावना पहिचान गरेर उत्पादनको काममा लाग्न सके मुलुकभित्रै पर्याप्त अवसर रहेको पनि बताएका छन् । उनका अनुसार टिस्यू पेपर अब अति आवश्यक वस्तु भइसकेको बताउँदै यसलाई अत्यावश्यक वस्तुको सूचीमा राख्न आवश्यक छ । मुलुकभित्रै उत्पादन हुने भएपनि यसका कतिपय कच्चा पदार्थ आयात गर्नुपर्ने बाध्यता रहेको बताउँदै मैनालीले सरकारले कच्चा पदार्थमा पनि अन्तःशुल्क लगाउने गरेको गुनासो गरेका छन् । उनले उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थ आयात गर्दा अन्तःशुल्क लाग्ने प्रावधान हटाउन समेत माग गरेका छन् । मैनालीले सबै प्रयोगकर्ताहरुलाई स्वदेशी उत्पादन उपयोग गर्न पनि आग्रह गरेका छन् ।