News Portal

  • राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको नेता पदमा सिटौला

    दोलागिरि संवाददाता२०८० फाल्गुण २६
    ५०० पटक

    काठमाडौँ, फागुन २६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको नेता पदमा कृष्णप्रसाद सिटौलालाई मनोनयन गरेका छन्।

    शनिबार देउवाले सिटौलालाई राष्‍ट्रिय सभामा कांग्रेसका संसदीय दलको नेतामा मनोनयन गरेको निजी सचिव केशवराज जोशीले जानकारी दिए।

    देउवाले कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित २०७४)को धारा १२ को उपधारा १ बमोजिम सिटौलालाई चयन गरेका हुन्।

    प्रतिकृया दिनुहोस्