News Portal

  • नेकपा महासचिव विप्लव सी द्वारा ‘सी गार्मेन्ट’ उद्घाटन

    दोलागिरि संवाददाता२०८१ फाल्गुण २२
    ८० पटक

    कपिलवस्तु, फागुन २१ – नेकपा महासचिव विप्लव सीको प्रमुख आतिथ्यतामा कपिलवस्तुको शिवराज नगरपालिका–१, बनकट्टामा ‘सी गार्मेन्ट’ को उद्घाटन गरिएको छ। नेपाल कम्युनिस्ट पार्टीले स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने लक्ष्यसहित उक्त उद्योग सञ्चालनमा ल्याएको हो।

    उद्घाटन समारोहमा महासचिव विप्लव सीले अब देशलाई विदेशी निर्भरता मुक्त गर्दै स्वदेशी उत्पादन र श्रमलाई प्राथमिकता दिनुपर्ने बताउँदै आर्थिक समृद्धिका लागि यस्ता उद्योगहरूको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गरे। नेकपाले कृषि, उत्पादन र व्यवसायलाई जोडेर पार्टीको आर्थिक सशक्तिकरण गर्दै स्वदेशी उत्पादनलाई प्राथमिकता दिने बताए।

    कार्यक्रममा पूर्व वन मन्त्री अर्जुन केसी, शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापा, नेपाली कांग्रेसका जिल्ला उपसभापति हुमकान्त खनाल, नेपाल आदर्श माविका प्रधानाध्यापक मुक्ती पोख्रेललगायतले स्थानीय उत्पादन र रोजगारी सिर्जनामा यस्ता लघु तथा मध्यम उद्योगको महत्त्वपूर्ण योगदान रहने धारणा व्यक्त गरे।

    ‘सी गार्मेन्ट’ की सञ्चालक सन्तोषी सीले आर्थिक सशक्तिकरण, स्वदेशी उत्पादन प्रवर्द्धन र स्थानीय युवाहरूलाई रोजगारी सिर्जना गर्ने उद्देश्यले उद्योग सञ्चालन गरिएको जानकारी दिइन्। गार्मेन्टले उत्पादन गरिएका सामग्रीहरू स्थानीय तथा राष्ट्रिय बजारमा बिक्री गर्ने योजना राखेको छ।

    स्थानीय उद्यमशीलता प्रवर्द्धन गर्दै रोजगारी सिर्जना गर्ने उद्देश्यले सञ्चालन गरिएको ‘सी गार्मेन्ट’ उद्योगले आत्मनिर्भर अर्थतन्त्रको मार्ग प्रशस्त गर्ने विश्वास गरिएको छ।

    प्रतिकृया दिनुहोस्