News Portal

  • नेपाली कांग्रेसका युवा नेता गणेश हरि कुटु नेकपा (माओवादी केन्द्र) मा प्रवेश

    दोलागिरि संवाददाता२०८१ फाल्गुण २१
    ४३ पटक

    २१ फागुन २०८१ भक्तपुर । नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ का क्षेत्रीय प्रतिनिधि तथा गणतान्त्रिक खेलकुद बागमती प्रदेशका सदस्य, साथै केक्युसिङ करातेका राष्ट्रिय खेलाडी  गणेश हरि कुटु नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्।

    ३६ वर्ष देखि  नेपाली कांग्रेसमा सक्रिय रहेर काम गर्दै आएका थिए  कुटु । अब माओवादी केन्द्रलाई आफ्नो राजनीतिक यात्रा अगाडि बढाउने निर्णय गरे माओवादीमा प्रवेश  हुन्। उनको पार्टी प्रवेश समारोहमा माओवादी केन्द्रका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपाध्यक्ष नारायणकाजी श्रेष्ठले खादा तथा माला लगाएर स्वागत गरेका थिए।

    उक्त कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दिपशिखा’, वाईसीएल केन्द्रीय सदस्य तथा भक्तपुर जिल्ला इन्चार्ज नरेश रञ्जित, वाईसीएल केन्द्रीय सदस्य राजु कुटु, विकास लाखे लगायतका नेताहरूको उपस्थिति रहेको थियो विशेष गरि नरेश रञ्जित को पहलमा प्रवेश गराउने महत्त्वपूर्ण भुमिका खेलेका थिए ।

    कुटुको माओवादी प्रवेशलाई भक्तपुरको राजनीतिक परिप्रेक्ष्यमा महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ। पार्टी प्रवेशपछि उनले भने, “अब म जनताको अधिकारका लागि माओवादी केन्द्रमार्फत लड्नेछु।”

    उनको राजनीतिक यात्राले अब नयाँ मोड लिएको छ, जसले भक्तपुरको राजनीतिक परिदृश्यमा नयाँ तरंग ल्याउन सक्छ।

    प्रतिकृया दिनुहोस्