News Portal

  • बेथान वीरता दिवस र सहिदका सपना

    इन्द्र श्रेष्ठ २०८१ पौष २१
    ३८ पटक

    समय बित्न केहीबेर लाग्दैन रहेछ। नेकपा माओवादीका छापामारहरुले आजभन्दा २८ वर्ष अगाडि अर्थात् २०५३ साल पुस १९ गते रामेछापको बेथान प्रहरी चौकी कब्जा गरेको थियो। मालेमाबादको सिध्दान्त र विचारकोले सुसञ्जित छापामारहरूले घरेलु हतियार भरुवा बन्दुक पेट्रोल बमद्वारा अत्याधुनिक हतियारले सुसजित प्रतिक्रियावादी राज्य सत्ताका मलामी र सलामी व्यस्त प्रहरीचौकी ध्वस्त पारिदिएका थिए ।मोर्चामा नेकपा माओवादीका छापामारको कमाण्डर क तीर्थ गौतम क फत्त स्माली मगर र दिलमाया बमजनले उच्च सहादात प्राप्त गर्दै दुश्मनसँग भएका हतियार पार्टीको जिम्मा लगाउनुभएको थियो। पानीघाट मोर्चाले राष्ट्रिय अन्तर्राष्ट्रिय चर्चा परिचर्चा पायो। प्रतिकूलता भित्र अनुकूलता खोज्दै लडाई लडिरहेका सगरमाथाको देशका जनताका असल प्रतिनिधिहरू संसार थर्काउँदै सहिदको कोटामा नाम लेख्नु पुग्नुभयो तिफदीको वीरतापूर्ण छापामार युद्धको सम्झना र प्रेरणा युग युग सम्म संसारले गरिरहनेछ ।

    पुसको मध्य जाडो निस्पट्ट रातको अन्धकारमा सुनपति वनको नजिकै आफ्नो वर्दीको अपमान गर्दै दुःख कष्टपूर्ण जीवन बाँचिरहेका श्रमिक जनता महिला बालबालिकाको इज्जत प्रतिष्ठा र स्वाभिमान लुटिरहेका भाडाका सिपाहीहरुलाई परास्त गरेर हतियार कब्जा गरेपछि तिनका कम्पमा रुवाबासी भयो। यता तीनजना कमरेडहरूको उच्च बलिदानको खबरले देश जनता सोकाकुल बन्न पुगे। सुनापति बेथान सैलो चौरीखोला र सुनकोशी पनि सोकाकुल बने तीनका यात्रा एकछिन टक्क रोके झैँ भयो। वनपाखाका डाफे मयुर र कोइलीहरूको चिरबिर एकछिन शान्त भयो। वातावणर स्तब्ध भयो। सहदातले क्रान्ति र राष्ट्रलाई ठूलो क्षति भयो। एकातिर विजयको उल्लास र अर्कोतिर जनताका छोराछोरीको बलिदान सचेत मानव समुदाय मात्र होइन प्रकृति पनि शोक र पीडामा छटपटायो यसरी वर्गसंघर्षको इतिहासमा बेथान फौजी मोर्चा नबिर्सिने दिन बन्न पुग्यो। पुस १९ गते सर्वहारा श्रमिक मजदुर श्रमिक समुदाय महिला जाति जनजाति दूरदराज सबैले आफ्ना इमान्दार नेता र सदस्य गुमाए। मोर्चामा आततायी राज्य सत्ताको तर्फबाट केही प्रहरी मारिए सङ्ख्यामा केही भएपनि त्यो सत्ताको पराजयको श्रृङ्खला थियो। बेथानमोर्चाबाट जनताको विजय अभियान र सत्ताको पराजयको श्रृङ्खला सुरु भयो। यो सङ्घर्ष हो निरन्तर संघर्ष चलिरहन्छ। हारबाट पाठ सिक्दै र जितबाट शिक्षा लिँदै पीडा संवेदनामा गम्भीर हुँदै सहिदका सपना पूरा गर्ने प्रतिध्दता व्यक्त गर्दै पुसको अधेरी रातसँगै लाल छापामा योध्दाहरु निरन्तर अघि बढिरहे।

    महान जनयुद्ध कयौँ उकाली ओराली घुम्ती र मोडहरू पार गर्दै करिब ११ वर्षसम्म सञ्चालन भयो। दिनहरू बित्दै गए ऐतिहासिक बेथान मोर्चाको दिनदेखि नै महान सहिदहरूको रगतसँग सार्दै हतियारहरु कब्जा भई जनसत्ता निर्माण हुँदै गयो। श्रमजीवी सर्वहारा वर्गको विजयको महान उद्देश्य पूरा गर्न समाजका सबैखाले विकृति विसंगति विरुध्दको महान अभियान सञ्चालन गरिएको माओवादी नै जनताको आशा र भरोसाको केन्द्र बन्न गयो।
    आज दुःखसाथ भन्नु परिरहेको छ क्रान्तिबाट प्राप्त उपलब्धिहरू जनसत्ता जन अदालत जनमुक्ति सेना जनसरकार जनताको हतियार जनयुध्दको मुख्य नेतृत्वहरुले दलाल संसदीय व्यवस्थाको प्रधानमन्त्री मन्त्री राष्ट्रपति सभामुख जस्ता बुर्जुवा पद संसदीय व्यवस्था र निजी स्वार्थका लागि बुझाइसकेको छ।

    प्रतिकृया दिनुहोस्