News Portal

  • भक्तपुरमा गणेशमान सिंहको २८औं स्मृति दिवस मनाइयो

    दोलागिरि संवाददाता२०८२ आश्विन २
    ३५८ पटक

    भक्तपुर । नेपाली कांग्रेस जिल्ला कार्य समिति भक्तपुरले नेपाली जनआन्दोलन–२०४६ का सर्वोच्च कमान्डर तथा स्वर्गीय नेता गणेशमान सिंहको २८औं स्मृति दिवस विशेष कार्यक्रमसहित आज मनाएको छ।

    भक्तपुरको कटुञ्जेस्थित गणेशमान सिंह स्मृति बाटिकामा आयोजित कार्यक्रममा स्व. सिंहको शालिकमा माल्यार्पण गरिनुको साथै उनको योगदानप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो।

    कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले गणेशमान सिंहको सादगी, त्याग र लोकतान्त्रिक मूल्यप्रतिको समर्पणलाई आज पनि अनुकरणीय ठहर गर्दै भने स्व. गणेशमान सिंहले नेपाली राजनीतिमा देखाएको मार्गदर्शन र सादगीपन आज पनि सबैका लागि प्रेरणादायी छ।

    थापाले गणेशमान सिंहजस्ता नेता दुर्लभ जन्मिने बताउँदै लोकतन्त्रको संरक्षण र मूल्य मान्यताको रक्षा गर्न उनका आदर्शबाट प्रेरणा लिनुपर्नेमा जोड दिए।

     

    प्रतिकृया दिनुहोस्