News Portal

  • सरकार गठन प्रक्रियामाथि नेकपा महासचिव विप्लवको प्रश्न: यो  के चटक हो ?

    दोलागिरि संवाददाता२०८२ आश्विन ६
    २९७ पटक

     

    काठमाडौं । हालैको जनआन्दोलनबारे धारणा व्यक्त गर्दै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकार गठन प्रक्रिया र मन्त्री चयनको विषयमा गम्भीर प्रश्न उठाउनुभएको छ।

    महासचिव विप्लवले भन्नुभयो, “विद्रोह जेनजीले गरे, जनताले गरे, हामीले पनि गर्यौं। तर सरकार कसरी बनिरहेको छ, कसले बनाईरहेको छ, मन्त्रीहरू कसरी कहाँबाट आइरहेछन्? के यो विद्रोहका योजनाकार, सञ्चालक यीनै थिए?”

    उहाँले सरकार निर्माणलाई “चटक जस्तो लाग्ने हर्कत” भन्दै यसको चित्तबुझ्दो जवाफ नआएसम्म न सरकार स्थिरतापूर्वक चल्न सक्ने, न चुनाव हुन सक्ने, न त देशमा समृद्धि आउन सक्ने टिप्पणी गर्नुभयो।

    महासचिव विप्लवले विद्रोही जनतालाई बेकुफ बनाउने कुनै भद्दा प्रहर्षण सह्य नहुने चेतावनी दिँदै सहरदेखि गाउँसम्म जागरण बस्नुपर्ने आवश्यकता औंल्याउनु भएको छ ।

    प्रतिकृया दिनुहोस्