News Portal

  • नेपाल संवत् ११४५ प्रारम्भ, विविध कार्यक्रम गरि मनाउदैं

    दोलागिरि संवाददाता२०८१ कार्तिक १७
    ३९ पटक

     

    नेपाल संवत् ११४५ आज सुरु देशभर विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । नेपाल संवतलाई नेवार समुदायले नयाँ वर्षका रूपमा विषेशरुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुवात गराएका थिए ।

    ‘लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवत्का रुपमा चलेको थियो, लिच्छविकालअघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो’, इतिहासका जानकारहरु जनाउछन् ।

    विसं २००७ मा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको थियो तर पनि राष्ट्रिय संवतको मान्षता पाएको थियन । नेपाल संवतलाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्य स्थानमा विशेष रुपमा मनाउने यसैमा मात्र सिमित गरिएको जस्तो थियो ।

    गरिब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए ।

    विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवतले राष्ट्रिय संवतको मान्यता पाउने घोषणा गरेका हुन् । अहिले नेपाल संवतलाई राष्ट्रिय संवतको रुपमा मनाउने गरिएको छ । काठमाडौँमा कात्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बहीखाता सुरुवात गर्ने परम्परासमेत अझै छ ।

    प्रतिकृया दिनुहोस्