९ कात्तिक, काटमाडौं । सत्तारुढ आवध सात दलले सडकबाट सरकारको विकल्प खोज्ने कुनै पनि प्रयास स्वीकार्य नहुने जनाएको छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा समर्थन गर्ने सात दलको शुक्रबार बालुवाटारमा बसेको बैठकले सातबुँदे लिखित साझा धारणा सार्वजनिक गदैं उक्त कुरा जानकारी गराएको छ ।
कुनै पनि समस्याको विकल्प लोकतान्त्रिक विधि प्रक्रियाबाट समाधान खोज्न सकिने भन्दै अराजकतालाई प्रत्याहन नगर्न सवैलाइ आग्रह गरेको छ ।
राजनीतिक अस्थिरतालाई बल पुर्याउने तथा सुशासन र विकासको नेपाली जनताको आकांक्षालाई असर पुग्ने गरी विभिन्न नाम र स्वरुपमा हुने कुनै पनि प्रकारका अवाञ्छित गतिविधिहरु उचित होइनन्, सात दलले भनेका छन्, त्यसमाथि सडकबाट लोकतान्त्रिक व्यवस्था र सरकारको विकल्प खोज्ने कुरा कुनै पनि अर्थमा स्वीकार्य हुन सक्दैन सावर्जनिक विज्ञाप्तीमा भनेको छ ।