काठमाडौं । पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई आज प्रहरीले पक्राउ गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई उनको पार्टी मुख्यालय बनस्थलीबाट सीआईबीको टोलीले पक्राउ गरेर लगेको हो । सुर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको थियो अनुमति पाएसँगै उनिलाइ पक्राउ गरेको हो ।
सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु ९जीबी० राईसँग मिलेर लामिछानेले गोर्खा मिडीया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको आरोपको मुद्धा जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाइ अनुसन्धान गरिरहेको छ । पूर्व डीआईजी छबिलाल जोशी, राई र लामिछानेले सञ्चालन गरेको गोर्खा मिडीया नेटवर्कमा पाँचवटा सहकारीबाट ६५ करोड ५४ लाख अवैध तरिकाले आएको वारे सुर्य थापा नेतृत्वको संसदिय छानविन समितिको निष्कर्ष दिएको छ ।
लामिछाने गोर्खा मिडियाका निर्देशक थिए भने गोर्खा मिडियामा आएको रकम लामिछानेले खर्च गरेको आरोप उनिमाथी छ भने रकम अपचलनमा संलग्न आरोपमा पूर्व डीआईजी छविलाल जोशी असोज ६ मा पक्राउ परेका थिए ।