News Portal

  • बम्जनको आश्रमबाट बेपत्ता किशोरीका बुबाको मृत्यु

    डोलागिरी संवाददाता
    ३५७ पटक

    काठमाडौं । आफूलाई धर्मगुरुको रुपमा चिनाएर अनुयायीलाई बलात्कार र बेपत्ता पारेको आरोप लागेका रामबहादुर बम्जनको आश्रमबाट बेपत्ता एक जना पीडितको बुबाको सवारी दुर्घटनामा मृत्यु भएको छ ।

    मदनभण्डारी राजमार्ग अन्तरगत सिन्धुलीको कमलामाई नगरपालिका-९, कोरुङ खोलामा ट्याक्टरले ठक्कर दिँदा किशोरीका बुबा गम्भीर घाइते भएका थिए ।

    घाइते उनको उपचारका क्रममा जिल्ला अस्पताल, सिन्धुलीमा मृत्यु भएको सिन्धुली प्रहरी प्रमुख एसपी राजकुमार सिलवालले बताए ।

    ‘उहाँ जाहेरीकर्ताको बुबा हुनुहुन्थ्यो भन्ने खबर आएको छ, त्यसलाई भेरिफाइ गरिरहेका छौं’, सिलवालले भने, ‘उहाँको भाइलाई बेलाएको छु, आउनुभएपछि थाहा होला ।’

    त्यसक्रममा आश्रमबाट बेपत्ता किशोरीको बुबाको मृत्यु भएको पुष्टि भएको एसपी सिलवालले बताए । प्रहरीका अनुसार, उनले पछिल्लो समय बम्जनको पक्षमा सार्वजनिक अभिव्यक्तिहरु दिँदै आएका थिए ।

    प्रहरीका अनुसार, डकाहाबाट भिमालतिर जाँदे गरेको प्र २-०४-००१ ट ००१० नम्बरको ट्याक्टरले दुई वटा मोटरसाइकललाई ठक्कर दिएको थियो ।

    प्रतिकृया दिनुहोस्