News Portal

  • होडबाट बाहिरियो पोल्यान्ड फ्रान्स र नेदरल्यान्ड्सले बराबरी उपाधि खेलेपछि

    दोलागिरि संवाददाता२०८१ आषाढ ९
    १२१ पटक

    काठमाडौँ । युरोकप फुटबल प्रतियोगिताका शनिबार बिहान सम्पन्न खेलमा नेदरल्यान्ड्सले फ्रान्सलाई गोलरहित बराबरीमा रोकेको छ । बराबरी नतिजासँगै दुवै टोलीले एक–एक अङ्क बाँडेका छन् ।फ्रान्स दुई र नेदरल्यान्ड्स एक पटकको युरोकप च्याम्पियन राष्ट्र हो ।

    फ्रान्स र नेदरल्यान्ड्सले बराबरी खेलेपछि पोल्यान्ड भने उपाधि होडबाट बाहिरिएको छ । बाँकी तीनवटै टोलीको नकआउट चरणमा पुग्ने सम्भावना कायमै छ । समूह ‘डी’ तालिकामा नेदरल्यान्ड्स चार अङ्कसहित पहिलो र फ्रान्स पनि समान अङ्क बटुल्दै दोस्रो स्थानमा छन् ।

    अस्ट्रियाको तीन अङ्क छ भने पोल्यान्डले खाता खोल्न सकेको छैन । चारवटै टोलीले दुई–दुई खेल खेलिसकेका छन् । शुक्रबार राति खेलिएको खेलमा अस्ट्रियाले पोल्यान्डलाई ३–१ गोलले हराएको थियो ।

    नेदरल्यान्ड्सले आफ्नो पहिलो खेलमा पोल्यान्डलाई २–१ गोलले पराजित गरेको थियो । उपाधिको बलियो दाबेदार मानिएको फ्रान्सले भने आफ्नो पहिलो खेलमा अस्ट्रियालाई १–० गोलले पराजित गरेको थियो ।

    प्रतिकृया दिनुहोस्