दोलागिरि संवाददाता२०८१ आश्विन ३०
काठमाडौँ । ६९ औँ प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी कानुन संशोधन गरेर नयाँ कानुन बनाउने कामलाई प्राथमिकता दिएको बताएका छन् ।
बुधवार ६९ औँ प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले दुवै प्रहरी सङ्गठनका लागि आवश्यक कानुन निर्माणमा सरकारले प्राथमिकता दिएको बताएका हुन् । सङ्घीय संसद्को आगामी अधिवेशनबाट यी दुवै सुरक्षा फौजका निमित्त नयाँ कानुन निर्माण गरेर समसामयिक कानुन प्रचलनमा ल्याइनेछ उनको धाराण रहेको थियो ।
उक्त कानुन प्रचलन आएपछि हित, वृत्ति विकास हुने मन्त्री लेखकको विश्वास छ । उनले आगामी दिनमा सुरक्षा सङ्गठनहरूलाई थप सशक्त बनाउन सरकारले गर्न सक्ने सबै उपायहरू अवलम्बन गर्ने समेत उनको जिकिर थियो ।