News Portal

  • काठमाडौँ जिल्ला अदालतले दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

    दोलागिरि संवाददाता२०८१ आश्विन ९
    ५३ पटक

    काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतले थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

    विद्युतीय कारोबार ऐन–२०६३ अनुसार अनुसन्धान गर्न यसअघि ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो । असोज ६ मा पक्राउ परेका प्रसाईंलाई अनुसन्धान गर्नका लागि साइबर ब्यूरोले ७ दिनको समय मागेर बुधबार अदालतमा पेस गरेको हो ।

    युट्युब च्यानल ‘देश दुनियाँ खबर’ र अन्य च्यानलमा पनि चरित्र हत्या गर्नेगरी बोलेको आरोपमा उनीविरुद्ध जाहेरी दर्ता भएको छ । देश दुनियाँ खबरमा उनको अन्तर्वार्ता प्रसारण गर्ने सञ्चालक जीवन पाण्डे र प्रस्तोता प्रकाशचन्द्र दाहाल फरार छन् ।

    प्रसाईंविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध एकजना महिलाले आफ्नो ‘चरित्रहत्या गरेको’ भन्दै जाहेरी दिएकी छन् । आरोप पुष्टि भएमा ५ वर्षसम्म कैद सजाय र एक लाखसम्म जरिवाना हुने व्यवस्था छ ।

    प्रतिकृया दिनुहोस्