दोलागिरि संवाददाता२०८१ आश्विन ८
८ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू पक्राउ पर्छु भनेर नडराएको जानकारी दिएका छन् ।
मंगलबार साझ फेसबुक लाइभ गर्दै लामिछानेले संसदीय छानबिन समितिले गरेको सिफारिस अनुसार कारबाही भोग्न तयार भएको बताएका हुन् । ‘म डराएको छैन, डराउँदिनँ । अस्ति पनि झोला बोकेरै आएको थिएँ’, उनले भने आज पनि झोला बोकेर जता पनि जान तयार भएको उनको विचार थियो ।
गत ६ असोजमा गोर्खा मिडिया नेटवर्क मार्फत् भएको सहकारी बचत रकम अपचलनको आरोपमा छविलाल जोशी पक्राउ परेका थिए । जोशी पक्राउ परेपछि रास्वपा सभापति लामिछानेले आफूलाई पनि सरकारले पक्राउ गर्न सक्ने बताएका थिए ।