दोलागिरि संवाददाता२०८१ आश्विन ३
काठमाडौँ । राजधानीको दरबारमार्गमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहका समर्थक कुटिएका छन् । बालेनको पक्षमा नारा लगाएका उनलाई युवाहरुको अर्को समूहले कुटपिट गरेको हो ।
दरबारमार्गमा बिहीबार अपराह्न ४ बजेदेखि सुरु भएको ‘नेशनल डे कन्सर्ट’मा ती युवकले ‘बालेन ! बालेन !’ भनेर नारा लगाउन थालेपछि कुटपिट भएको हो ।
प्रत्यक्षदर्शीले ती युवकलाई करिव पाँच जना युवाको समुहले कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन् । कुटपिट गर्ने व्यक्तिहरूको पहिचान खुलेको छैन । कुटपिट लगत्तै युवाहरु भागेको बताइएको छ ।
संविधान दिवसको अवसरमा नागरिकस्तरबाट भएको भनिएको कन्सर्टमा ठुलो संख्यामा युवाहरु राष्ट्रिय झण्डासहित भेला भएका छन् ।