News Portal

  • ट्याक्सी चालकहरूआन्दोलनमा , किन गरे प्रदर्शन?

    दोलागिरि संवाददाता२०८१ भाद्र २८
    १४९ पटक

    काठमाडौं । ट्याक्सी चालकहरूले भक्तपुरबाट प्रदर्शनमा उत्रिएका छन्। भक्तपुरबाट ट्याक्सी पर्दशनसहित उनीहरू काठमाडौंतर्फ अघि बढ्दा ट्राफिक जामले अस्तब्यस्त भएको थियो।

    आज शुक्रबार बिहान मध्यपुर थिमि नगरपालिका वडा नम्बर ६ कमेरोटारबाट ट्याक्सी चालकहरूले प्रदर्शन सुरू गरेका हुन । मेडिकल व्यवसायी प्रसाइको अगुवाइमा उनिहरुले पर्दशन सुरु गरेका थिए भने प्रसाईको अगुवाइमा ट्याक्सी चालकहरूले प्रदर्शन गरेका हुन्।

    जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी महोमणि अधिकारीका अनुसार राइड सेयरिङ एपको भाडा दर र ट्याक्सीमा हुने भाडा दर फरक हुनुपर्ने, रातो प्लेटका सवारी साधनले यात्रु बोक्न नहुनेलगायत माग राख्दै चालकहरूले प्रदर्शन गरेका हुन्।

    करिब दुई सय वटा ट्याक्सीसहित चालकहरूले सडकमा र्‍याली गर्दा पुरै सडक अस्ब्यस्त भएको थियो।

    प्रतिकृया दिनुहोस्