News Portal

  • अरनिको यातायातद्वारा दसैं लक्षित अग्रिम टिकट बुकिङ खुला

    दोलागिरि संवाददाता२०८१ भाद्र २४
    ३८८ पटक

    काठमाडौँ । अरनिको यातायात प्रा.लिले दसैंलाई लक्षित गरी अग्रिम टिकट बुकिङ खुला गरेको छ। गत भदौ २० गतेदेखि टिकट बुकिङ खुला गरेको जनाएके हो।

    आज सोमबारसम्म २० प्रतिशत टिकट बुकिङ भइसकेको सार्वजनिक यातायात केन्द्रिय महासंघका महासचिव भरत नेपालले जनाएका छन्।

    अरनिको यातायातका गाडी बागमती प्रदेशका सबै जिल्ला, कोशी प्रदेशका भोजपुर, खोटाङ, झापा, इलाम, पाँचथर तेह्रथुम र पश्चिमतर्फ रूकुम, रोल्पा, बाग्लुङ लगायत जिल्लामा चल्छन्। अरनिको यातायातका दैनिक ७०० गाडी छुट्ने नेपालले बताएका  छन् ।

    प्रतिकृया दिनुहोस्