News Portal

  • देशका अधिकांश स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित पानी पर्ने

    दोलागिरि संवाददाता२०८१ भाद्र २४
    ६३ पटक

    काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।हाल देशभर आंशिक देखि साधारणतया बदली भइरहेको छ। कर्णाली र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

    आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी भू(भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

    प्रतिकृया दिनुहोस्