News Portal

  • कांग्रेस र एमाले पार्टी भित्रै भ्रष्टाचारीहरू छन् : नेता खतिवडा

    दोलागिरि संवाददाता२०८१ भाद्र १०
    १०८ पटक

    भक्तपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य रामहरि खतिवडाले पार्टी भित्रका भ्रष्टाचारीहरूलाई राजनितिक पार्टीहरूले आफै जोगाइराखेको गम्विरआरोप लगाएका छन्।

    नेपाल प्रेस सोसाइटी सूर्यविनायक भक्तपुरले सोमबार आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले देशका ठूलाठूला दलहरु कांग्रेस र एमालेभित्रै भ्रष्टाचारीहरू रहेको बताएका हुन्।

    खतिवडाले भ्रष्टाचारीहरूलाई पार्टीले संरक्षण गर्न नहुने उनको धाराण रहेको थियो। पार्टी सरकारमा रहेका बेला राज्य शक्तिको दुरुपयोग गरी आफनै पार्टीभित्रका भ्रष्टाचारीहरूलाई संरक्षण गदैं जानु गलत भएको भन्दैं, नेता खतिवडाले भने, भ्रष्टाचारीहरूलाई पार्टीले संरक्षण दिइरहेकै कारण पार्टीभित्र भ्रष्टाचारीहरूले ठाउँ पाइरहेका छन् र यनिहरु थप गलत काम गरीरहने प्रेणामिल्ने उनको जिकिर थियो ।

    भ्रष्टाचारको फाइल विभिन्न समयहरूमा खुल्दै गरेको तर फाइल खोल्दै जाँदा आफ्नो पार्टी, आफ्ना मान्छे वा आफू परेपछि बन्द हुने गरेको उनको धाराण थियो । सरकारमा रहँदा निवर्तमान गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले निर्मला हत्याकाण्डको दोषीमाथिको छानबिन अन्तिम चरणमा पुगेको भन्दै निर्वतमान भए पनि त्यो छानबिन कहाँ सम्म पुगेको थियो । जनतासमक्ष सार्वजनिक गर्नु पर्ने उनले सरकारलाई अनुरोध गरे। नभए हावाको भरमा क्षणिक लोकप्रियताका लागि, सस्तो लोकप्रियताका लागि त्यसरी बोलेर नहिँड्न उनले आग्रह गरे।

     

    प्रतिकृया दिनुहोस्