दोलागिरि संवाददाता२०८१ भाद्र ७
काठमाडौँ । तनहुँको आबुखैरेनी गाउँपालिका स्थित मर्स्याङ्दी नदीमा भएको बस दुर्घटना भएको छ । दुर्घटना मृत्यु हुनेको संख्या २७ पुगेको छ । शुक्रबार भारतीय नम्बर प्लेट–७६२३ को बस मर्स्याङ्दी नदीमा दुर्घटना भएको हो ।
२६ जनालाई आँबुखैरेनीमै मृत घोषणा गरिएको छ भने एकजनाको भरतपुरमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिएका छन् । उनका अनुसार दुर्घटनाको कारण खुलेको छैन । मृतकहरूको सनाखत भैसकेको छैन ।
यस्तै १६ जनालाई उपचारका लागि काठमाडौँ लगिएको जानकारी प्रमुख जिल्ला अधिकारी गौतमले दिए । उनीहरू भारतबाट पोखरा हुँदै काठमाडौँ आउँदै थिए ।
गण्डकी प्रदेश प्रहरी कार्यालयका एसएसपी रवीन्द्र रेग्मीका अनुसार चालका दलका दुई जना र ४१ यात्रु भारतीय नागरिक रहेका थिए । घटना भएपछि भारतीय दूतावासका प्रतिनिधि समेत तनहुँ पुगेका छन् ।