News Portal

  • डेंगु संक्रमितको संख्या ४ हजार नाघ्यो

    दोलागिरि संवाददाता२०८१ भाद्र ५
    १२१ पटक

    काठमाडौं । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ७४ जिल्लामा फैलिएको डेंगुबाट चार हजार ९७ जना संक्रमित भएको पुष्टि गरेको हो । जसमध्ये दुईजनाको मृत्यु भएको छ । यो वर्ष डेंगु संक्रमितको संख्या चार हजार नाघेको  जानकारी दिएको छ ।

    तिन वटा जिल्ला हुम्ला, जुम्ला र मनाङबाहेक सबै जिल्लामा संक्रमण देखिएको जानकारी दिएकाृ छ । तनहुँ, काठमाडौं, कास्की र पर्वतमा उच्च संक्रमण देखिएको महाशाखाले जनाएको छ । तनहुँमा सात सय ८१ जनामा डेंगु पुष्टि भएकामा काठमाडौंमा तीन सय ८०, कास्कीमा तीन सय ५१, पर्वतमा एक सय ७७ र चितवनमा एक सय ५७ संक्रमित भएको महाशाखाको रिपोर्टमा देखिएको छ । जस्तै प्रदेशअन्तर्गत कोशीमा ६ सय ७३, मधेशमा ६७, बागमतीमा ९सय ८४, गण्डकीमा एक हजार ६ सय ६९, लुम्बिनीमा तीन सय ४०, कर्णालीमा ६७ र सुदूपश्चिममा तीन सयजनामा संक्रमण देखिएको जानकारी दिएको छ ।

    यस वर्ष हालसम्म हैजाको संक्रमणबाट ५८ जना बिरामी परेका छन् । यीमध्ये दुईजना अस्पतालमा उपचाररत रहेको महाशाखाले जनाएको छ । अरू सबै निको भएर डिस्चार्ज भएका छन् ।

    ललितपुर, काठमाडौं, प्युठान र कैलालीमा देखिएको संक्रमणबाट हालसम्म मृत्यु भने भएको छैन । फरक–फरक ठाउँमा एउटै समयमा हैजा फैलिए पनि समयमै उपचार र निगरानी बढाउँदा नियन्त्रणमा रहेको महाशाखाले जनाएको छ ।

    विशेष गरी पानीजन्य रोगको जोखिम भएकाले खानपान र सरसफाइमा विशेष ध्यान दिन मन्त्रालयले आग्रह गर्दै आएको हो । गर्मी तथा वर्षायामसँगै फैलने झाडापखाला तथा पानीजन्य संक्रमणबाट बच्न बासी, सडेगलेका र झिँगा भन्किएका खानेकुरा नखान मन्त्रालयको आग्रह छ । त्यस्तै, काँचै खान मिल्ने फलफूल तथा तरकारीहरू शुद्धीकरण गरिएको पानीले पखालेर मात्र प्रयोगमा ल्याउन पनि चिकित्सकहरूले बताउँदै आएका छन् ।

    प्रतिकृया दिनुहोस्