News Portal

  • भारतका चर्चित सन्त पाइलट बाबाको निधन

    दोलागिरि संवाददाता२०८१ भाद्र ४
    ७५ पटक

    ४ भदौ, काठमाडौं। सूर्यविनायक ८भक्तपुरमा आश्रम बनाएर बसेका भारतका चर्चित सन्त महायोगी पाइलट  बाबाको मंगलबार दिउँसो २ देखि ३ बजेको बीचमा निधन भएको छ ।

    भारतीय मिडिया एबिपी न्यूजका अनुसार जुना अखडाका महामंडलेश्वर पायलट बाबा लामो समयदेखि बिरामी थिए । उनको दिल्लीको एपोलो अस्पतालमा निधनको खबर प्रप्त भएको छ ।

    उनलाई हरिद्वारमा समाधि लगाइने बताइएको छ । उनी भारतीय वायुसेनामा विंग कमाण्डर थिए, त्यसैले उनलाई पाइलट बाबाको नामले प्रसिद्धि मिलेको थियो । उनले पाकिस्तानसँगको दुई युद्धमा फाइटर पाइलटको भूमिका खेलेपछि सन्यास लिएका थिए ।

    पायलट बाबाको महासमाधीको जानकारी उनको इन्स्टा एकाउन्टमार्फत आएको हो ।

    प्रतिकृया दिनुहोस्