News Portal

  • अण्डाको मूल्य घट्यो

    दोलागिरि संवाददाता२०८१ भाद्र २
    ५६ पटक

    काठमाडौँ । नेपालमा अण्डाको मूल्य घटेको छ । नेपाल कुखुरा व्यवसायी मञ्चले अण्डाको मूल्य घटेको जानकारी दिएको छ ।

    मंञ्चका अनुसार असार अन्तिम सातामा ठुलो साइजको अण्डाको मूल्य ५२० रुपैयाँ प्रतिक्रेट रहेकोमा हाल प्रतिक्रेट २० रुपैयाँले घटेर पाँच सय रुपैयाँ भएको छ ।यस्तै, ठुलो साइजको अण्डा पछिल्लो पटक प्रतिक्रेट ५०५ रुपैयाँबाट घटेर ४७५ भएको छ । यस्तै, मध्यम खालको अण्डाको मूल्य ४४५ रुपैयाँ प्रतिक्रेटबाट घटेर ४१५ भएको जानकारी दिएको छ ।

    देशभरका किसानसँग छलफल गरेर मूल्य समायोजन गरेको जानकारी दिएको छ । किसानलाई अण्डा बिक्री गर्न समस्या भएकाले चितवनलाई आधार मानेर अण्डाको मूल्य समायोजन गरिए हो ।

    प्रतिकृया दिनुहोस्