News Portal

  • सडक

    कुशल बोगटी२०८१ भाद्र १
    ७३७ पटक

    प्रयि छ
    मेरो लागि सडक
    हो सडक मेरो अन्नदाता ।

    वषौंदेखि
    सडकमै रापिएर
    वसन्तलाई स्वागत गरिररहेको छु ।

    यो सडकमा
    दमनका पदचापहरु छन्
    बारुदका गन्धहरु छन्
    साथसाथै
    आततायीको मुटुमा
    भुइँचालो पठाउने मालकोट
    जिलेटिनमा फेरिएको पर्चाहरु छन् ।

    यो सडकमा
    अस्मिता लुटिएका छन्
    स्वाभिमान गिराइएका छन्
    साथसाथै
    हत्याराहरुको बिदाइ गर्न
    आरनमा ज्वालामुखी मन्त्रणा गरिरहेका
    युगिनकर्मीका घोषणापत्रहरु छन्

    यो सडकमा
    बेदखल गरिए पनि श्रमजीवी
    बर्बाद पारिए पनि सामान्यजन
    साथसाथै
    नयाँ युग लेखिरहेका
    हुम्ला र डोल्पाहरु पनि भेटिन्छन्
    अशान्त आँधि बाकेर ।।

    प्रतिकृया दिनुहोस्