News Portal

  • बिषेश अदालत बार एसोसिएसनको निर्वाचन बाट अध्यक्षमा अधिवक्ता कुँवर निर्विरोध निर्वाचित

    दोलागिरि संवाददाता२०८१ साउन २६
    ४०८ पटक

    काठमाडौं ! बिषेश अदालत बार एसोसिएसनको दोस्रो निर्वाचन बाट कार्यसमितिको अध्यक्षमा अधिवक्ता टीकाबहादुर कुँवर निर्विरोध निर्वाचित भएका छन्।

    आज सम्पन्न दोस्रो निर्वाचन वाट नयाँ कार्यसमितिका लागि शनिबार भएको निर्वाचनमा अध्यक्ष कुँवरसँगै उपाध्यक्षमा शशीनाथ मरासिनी, सचिवमा युवराज बन्जाडे, सहसचिवमा कोपिला बस्नेत, कोषाध्यक्षमा गणेश घिमिरे निर्वाचित भएका छ्न ।

    नब निर्वाचित कार्य समिति सद्स्य सन्तोष कोइराला का अनुसार अनुसार १३ सदस्यीय कार्यसमितिका सदस्यहरूमा सन्तोष कोइराला, गौरव डाँगी, शिवराम श्रेष्ठ, वसन्त जोशी, कुमारराज कार्की, यज्ञप्रसाद खतिवडा, बोलाराम पाण्डे र महिला सदस्यमा मौसम राइ निर्वाचित भएका जानकारी दिनु भएको छ ।

    प्रतिकृया दिनुहोस्