News Portal

  • भोलि र पर्सि देशभर वर्षा हुने,यी तीन दर्जन जिल्ला डेन्जर जोनमा

    दोलागिरि संवाददाता२०८१ साउन २१
    १०३ पटक

    काठमाडौं । मंगलबार  र बुधबार देशभर वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाले सोमबार विशेष बुलेटिन जारी गरी मनसुन न्यूनचापीय  रेखा नेपालनजिक सर्ने सम्भावना देखिएकाले मनसुन सक्रिय हुने बताएको हो।

    महाशाखाका अनुसार मंगलबार र बुधबार अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही तथा कर्णाली प्रदेश र मधेश प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको चेतावनी दिइएको छ।

    साथै, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश एक–दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहको छ।

    महाशाखाले मधेश र कर्णालीबाहेक ६ प्रदेशका ३६ जिल्लामा रेड अलर्ट जारी गरेको छ। धेरै वर्षा हुने र यसले बाढीपहिरोको जोखिम निम्ताउन सक्ने भएकाले रेड अलर्ट जारी गरिएको हो।

    प्रतिकृया दिनुहोस्