नेपाल नागरिक उड्डययन प्राधिकरणका उपमहानिर्देशक हंशराज पाण्डेका अनुसार, आगो नियन्त्रणमा आएको छ। ‘आगो नियन्त्रणमा आएको छ। यात्रुहरूको उद्धार भइरहेको छ,’ उनले भने। बुधबार बिहान सौर्य एयरलाइन्सको विमानमा दुर्घटनाका कारण विमानमा आगो लागेको थियो।
त्रिभुवन विमानस्थलका एक अधिकारीका अनुसार, विमान दुर्घटना भएर आलो लागेपछि अहिले सुरक्षाकर्मी खटिएका छन्।
घटनाको थप विवरण आउन बाँकी छ।