News Portal

  • संघीय संसद अन्तर्गत बिहीबार पाँच समितिका बैठक बस्दै

    दोलागिरि संवाददाता२०८१ साउन ३
    ४९४ पटक

    काठमाडौं । संघीय संसद अन्तर्गत बिहीबार पाँच समितिका बैठक बस्दैछन्।

    संघीय संसद सचिवालयका अनुसार आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, विकास, आर्थिक मामिला तथा सुशासन, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ।

    शिक्षा, स्वस्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ। बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची छ। उद्योग तथ वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको विहान साढे ११ बजे बस्ने बैठकमा सूर्ति, खैनी तथा गुट्खा उद्योगको पुँजी तथा क्षमता वृद्धिको सम्बन्धमा छलफल हुनेछ।

    प्रतिकृया दिनुहोस्