News Portal

  • अखिल नेपाल जनसांस्कृतिक महासङ्घले  २६ औँ सांस्कृतिक प्रतिरोध दिवस मनाउँदै

    कुशल वोगटी २०८० चैत्र ५
    २४१ पटक

    काठमण्डौं, ५ चैत ।

    अखिल नेपाल जनसांस्कृतिक महासङ्घले  आज साँस्कृतिक प्रतिरोध दिवस मनाउदै छ । तत्कालीन नेकपा माओवादीका ७ जना कलाकारहरुलाई काभ्रेको अनेकोटमा सुरक्षाकर्मीहरुले सामुहिक हत्या गरेको दिनको स्मरणमा हरेक बर्ष चैत ५ गते साँस्कृतिक प्रतिरोध दिवस मनाउने गरिन्छ ।

    २०५५ साल चैत ५ गते अनेकोटको एक घरमा डेरागरी बसिरहेकोबेला कलाकारहरु च्याङ्बा लामा, निर्मला देवकोटा, गुम्बासिं तामाङ, मञ्जु कुवँर, डम्बर श्रेष्ठ, सुभद्रा सापकोटा र चिनीमाया लामालाई सुरक्षाकर्मीहरुले सामुहिक हत्या गरेका थिए ।

    त्यही दिनको स्मरणमा आज दिउँसो ११ बजे काठमाडौं कपुरधारामा  २६अौं साँस्कृतिक प्रतिरोध दिवस  कार्यक्रम तथा साहित्य कार्यक्रम  रहेको जनकारी दिएको छ ।कार्यक्रम नेकपा नेता संस्कृतिक चिन्तक अनलि शर्मा वरिष्ठ संगित,गीतकार माईला लामाको उपस्थित रहने आयोजकले जानकारी दिएको छ ।

    प्रतिकृया दिनुहोस्