News Portal

  • बाराको सिमरामा जारी तनावप्रति प्रचण्डको गम्भीर ध्यानाकर्षण, संयमता अपनाउन अपील

    दोलागिरि संवाददाता२०८२ मंसिर ५
    २१७ पटक

    बाराको सिमरामा हिजोदेखि उत्पन्न भएको तनाव र केही स्थानमा देखिएको हिंसात्मक घटनाप्रति नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

    फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै उनले स्थानीय स्थिति थप जटिल वा नियन्त्रणबाहिर नजाओस् भन्दै सबै पक्षलाई उच्च स्तरको संयमता र जिम्मेवारीका साथ अघि बढ्न आग्रह गरेका छन्।

    “लोकतन्त्रमा राजनीतिक तथा वैचारिक मतभिन्नता स्वाभाविक हुन्छ, तर त्यसलाई हिंसा वा उत्तेजनामा रूपान्तरण गर्नु लोकतान्त्रिक संस्कृतिको हिस्सा होइन,” प्रचण्डले भनेका छन्। उनले राजनीतिक–वाकस्वतन्त्रताको सम्मान गर्दै सबै दल र नेताहरूलाई निर्वाध रूपमा हिँडडुल गर्ने, सभा–समारोह आयोजना गर्ने सुरक्षित वातावरण सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण गराएका छन्।

    घोषित निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन कुनै पनि घटनाले नकारात्मक प्रभाव पार्न नदिन राज्य संयन्त्रसहित सबै पक्ष सचेत र जिम्मेवार बन्न आग्रह गरिएको छ।

    यस्तै, अध्यक्ष प्रचण्डले स्थानीय पार्टी संरचनालाई समेत परिस्थितिलाई सामान्य बनाउन आवश्यक समन्वय र सहजीकरणको भूमिका निर्वाह गर्न निर्देशन दिएका छन ।

    प्रतिकृया दिनुहोस्