News Portal

  • नेपाल कम्युनिस्ट पार्टी समाजवादी मोर्चाबाट अलग

    दोलागिरि संवाददाता२०८२ कार्तिक २७
    २५ पटक

    काठमाडौं, कार्तिक २६।
    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) समाजवादी मोर्चाबाट अलग भएको घोषणा गरेको छ। पार्टीका महासचिव विप्लव सीद्वारा हस्ताक्षरित विज्ञप्तीमार्फत उक्त जानकारी सार्वजनिक गरिएको हो।

    २०८० सालमा चार दलको सहभागितामा बनेको समाजवादी मोर्चाले राष्ट्रिय स्वाधीनता, जनजीविकाका सवाल र भ्रष्टाचारविरुद्ध साझा संघर्ष गर्ने उद्देश्य लिएको भए पनि पछिल्लो समय मोर्चा निष्क्रिय बनेको भन्दै नेकपा त्यसबाट अलग भएको जनाएको छ।

    विज्ञप्तीमा भनिएको छ, “जन–जन विरोधाभाषबीच नेपालको राजनीतिक परिस्थिति र दिशानिर्देशन व्यापक रूपले फरक परेको छ। सबै राजनीतिक पार्टीहरू नयाँ खालको एकताका खोजीमा छन्। समाजवादी मोर्चाभित्र नयाँ बहस र गतिशीलता अभाव देखिएको छ।”

    महासचिव विप्लवले जारी गर्नुभएको वक्तव्यमा अब नयाँ परिस्थितिअनुसार नेपाली कम्युनिष्टहरूबीच व्यापक एकताको सम्भावना रहेको उल्लेख गर्दै, “समाजवादी मोर्चाको औपचारिक अस्तित्व समाप्त भएको नेकपाको निष्कर्ष छ,” भन्ने उल्लेख छ।

    विज्ञप्तीको अन्त्यमा नेकपाले जनप्रिय पार्टीको रूपमा समाजवादी मोर्चाबाट अलग भएको निर्णयका बारेमा देशभरका संरचना, कार्यकर्ता र जनसमर्थकहरूलाई जानकारी गराइएको जनाएको छ।

    प्रतिकृया दिनुहोस्

    Oplus_0