News Portal

  • प्रगतिशील लेखक संघका पूर्वअध्यक्ष, कवि विपिन पाठककाे कवितासङ्ग्रह लाेकार्पण

    दोलागिरि संवाददाता२०८१ भाद्र १४
    ६२७ पटक

    प्रगतिशील लेखक संघ चितवन शाखाका पूर्वअध्यक्ष, शिक्षक एवं कवि विपिन पाठककाे कवितासङ्ग्रह “मरूभूमीमा वासन्ती याम” काे लाेकार्पण गरिएकाे छ ।

    साहित्यसर्जक एवं माडी साहित्य परिवारका सचिव विपिन पाठकको पहिलो कवितासंग्रह ‘मरुभूमिमा वासन्ती याम माडी-४ काे रेडहिल पार्कमा लोकापर्ण भएकाे हाे । उहाँकाे कविता संग्रहमा ४० वटा कविता समेटिएको छ ।

    लामाे समयदेखि कविता लेखनमा सक्रिय रहनुभएका पाठक समसामयिक चासाे, साहित्यिक सिर्जना र सामाजिक क्षेत्रमा समेत सक्रिय हुनुहुन्छ । सञ्चार क्षेत्रकाे समेत अनुभव बटुल्नुभएका पाठक हाल विश्वप्रकाश माध्यामिक विद्यालय, भरतपुरमा अध्यापनरत हुनुहुन्छ ।

    प्रतिकृया दिनुहोस्