कुशल बोगटी२०८१ भाद्र ८
जुन दिनदेखि
प्रतिबन्धित भएका छन् आवाजहरु
त्यहिँ दिनदेखि
झनै ठुलो स्वरमा
बज्न थालेका हुने विगुलहरु ।
भ्रष्टाचारविद्दको आवाज
बम बनेर पड्किरहनेछन्
गद्दारविरुद्दका आवाज
सहिद बनेर झुल्किरहेकाछन् ।
राज्यले जुन दिन
मतभेदहरु, असहमतिहरु
प्रश्नहरुमाथि प्रतिबन्ध लगाउँछ
त्यहीँ दिनदेखि
झनै ठुलो स्वरमा बुलन्द अुन थालेका छन्
समयका स्वरहरु ।
तिमीले बनाएको दुनियाँ
अन्तिम होइन
यो फेरिन्छ रअवश्य फेरिनेछ
यो सपनालाई तिमी
प्रतिबन्ध गर्न सक्दैनौ
यो नयाँ सङ्कल्पलाई तिमी
रोक्न सक्दैनौं ।
ओ शासकहरु खबदार
तिम्रो प्रतिबन्धलाई हामी सहर्ष स्वीकार गछौँ
तिम्रो प्रतिबन्धलाई हामी सहर्ष प्रतिकार गछौँ
तिम्रो प्रतिबन्धलाई हामी हर क्षण प्रतिरोध गछौँ ।
विद्रोहको गीतबाट