Skip

News Portal

  • सौर्य विमान दुर्घटनामा १८ जनाको मृत्यु

    दोलागिरि संवाददाता२०८१ साउन ९
    २६१ पटक

    काठमाण्डौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार बिहान भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । विमानस्थल सुरक्षा प्रमुख डीआईजी रामदत्त जोशीकाअनुसार जहाजमा सवार १९ मध्ये १८ जनाको मृत्यु भएको हो ।

    मृतक सबैको शव शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ । उक्त जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेर दुर्घटनामा परेको हो । मृत्यु हुनेमा अमितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मञ्जुराज शर्मा, अश्विन निरौला, सुदिपलाल जोशी, सर्वेश मरासिनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पुन्यरत्न शाही, आरिफ रेडा, को पाइलट एस कटुवाल रहेका छन् ।

    विमान चालक मनिष शाक्यको भने घाइते अवस्थामा उद्धार गरिएको छ । उनको केएमसी अस्पताल सिनाम‌ंगलमा उपचार भइरहेको छ । उनको अवस्था बोल्न सक्ने रहेको छ भने आँखामा चोट लागेको छ। विमानमा सवार १८ जनाको शव यत्रतत्र छरिएको अवस्थामा संकलन गरिएको विमानस्थल सुरक्षार्थ खटिएका वरिष्ठ प्रहरी उपरीक्षक डम्बर विकले जानकारी दिए । सौर्य एयरको जहाज मर्मतका लागि कर्मचारी र प्राविधिक लिएर पोखरा जाँदै गरेको गर्दा दुर्घटनामा परेको हो ।

    प्रतिकृया दिनुहोस्