News Portal

  • प्रचण्डको चेतावनीयुक्त सम्बोधन, (पूर्णपाठसहित)

    दोलागिरि संवाददाता२०८१ आषाढ २९
    १२६ पटक

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले शुक्रबार प्रतिनिधिसभा बैठकलाई सम्बोधनका क्रममा आक्रोशितरपमामा प्रस्तुत भएका छन्र । नयाँ गठबन्धन बनाएका विशेषगरी सत्ताका लागि नयाँ समीकरण बनाएका नेकपा एमाले र नेपाली कांग्रेसविरुद्ध प्रचण्ड आक्रामक रूपमा प्रस्तुत भएका हुन् । प्रचण्डले सहमति नाघेर र छलछाममा लागेर संविधान संशोधनका नाममा राष्ट्रलाई अनावश्यक द्वन्द्वतिर नलैजान समेत कांग्रेस–एमालेलाई चेतावनी दिए । उनले कांग्रेस र एमाले प्रतिगमनतर्फ उन्मुख भएको दाबी गर्दै त्यसलाई रोक्न पनि आफूले राजीनामा नदिई संसदमा विश्वासको मतको फेस गरेको बताए ।

    प्रतिनिधिसभाबाट विश्वासको मत लिने सिलसिलामा संसदलाई सम्बोधन गरेका प्रधानमन्त्री प्रचण्डले संविधान सभामा संविधान निर्माणको प्रक्रिया पनि व्यापक विचार विमर्श र अधिकतम राष्ट्रिय सहमतिबाट अघि बढेको स्मरण गरे ।

    उनले भने, ‘यी सबै ऐतिहासिक र युगान्तकारी घटनाको एक प्रमुख नेताको हैसियतले म साथीहरूलाई भन्छु, सहमति नाघेर र छलछाममा लागेर संविधान संशोधनका नाममा राष्ट्रलाई अनावश्यक द्वन्द्वतिर नलैजानुस् ।’

    पूर्णपाठसहित

    प्रतिकृया दिनुहोस्