News Portal

  • नेकपाका महासचिव विप्लवद्वारा माडीको जनकम्युन अवलोकन

    दोलागिरि संवाददाता२०८१ जेठ २६
    १२३ पटक

    चितवन: नेकपाका महासचिव विप्लवले चितवनको माडीमा सञ्चालन गरिएको जनकम्युन अवलोकन गर्नुभएको छ। चितवनको माडीमा रहेको २० विघा क्षेत्रफलमा फैलिएको जनकम्युन नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय उत्पादन विभागले सञ्चालन गरेको छ।

    महासचिव विप्लव सीलाई माडीमा पार्टीका उत्पादन विभागले सञ्चालन गरिरहेको विभिन्न कृषिका गतिविधिहरूको अवलोकन गराइएको थियो। यस क्रममा साढे ५ विघा क्षेत्रफलमा उत्पादन गरिएको माछा, ४ विघामा चैते धान, करिब ४ विघा क्षेत्रमा मकै, कृषि औजार र सिचाइको लागि आधुनिक बोरिङ्ग लगायतका व्यवस्थापनहरूको अवलोकन गर्नुभएको छ।

    अवलोकन कार्यक्रमका क्रममा केन्द्रिय उत्पादन विभाग माडी शाखाका इन्चार्ज तथा पार्टी पिबिएम सन्देश सी, केन्द्रीय सदस्य सिता सी, केन्द्रीय सदस्य अडिग सी, केन्द्रीय प्रतिनिधि सुस्मा सी, विकास सी, निरग सी, विमर्श सी लगायतको टोली पनि माडी पुगेको थियो।

    महासचिव विप्लवले उत्पादन र पछिल्लो बजार अवस्थाबारे जानकारी लिँदै पार्टीका अन्य नेताहरूसँग छलफल समेत गर्नुभएको छ। जनकम्युनको सफल सञ्चालनले पार्टीको उत्पादन क्षमता र आत्मनिर्भरता बढाउने विश्वास गरिएको छ।

    प्रतिकृया दिनुहोस्